झापा , मंसीर २९ । झापामा नक्कली पीसीआर रिपोर्ट बनाउने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर ६ का पेमा तामाङ रहेका छन् । मेचीनगर ६ स्थित पेमा तामाङले संचालन गरेको रिंग्जी टुर्स एन्ड ट्राभल्समा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना अनुसार ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलवार बेलुकी ६.४० बजे छापा मारेको थियो । प्रहरीले त्यहाँ रहेको ल्यापटप २ थान र प्रिन्टर १ थान अनुसन्धानको लागि बरामद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्