बिर्तामोड , मंसीर २९ । आज राति पूर्व पश्चिम राजमार्गको दुर्गापुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

राति ७.४० बजे कन्काई ७ दुर्गापुरस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ७९३७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मोटरसाइकल चालक ईलाम रोङ ६ बस्ने ३३ वर्षिय सन्तोष राई र पछाडी सवार सोही ठाउँका ३५ वर्षिय चन्द्रबहादुर राईलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको ,लाश अस्पतालमा नै रहेको ,बस र बस चालक ईलाम चुलाचुली २ बस्ने ३१ वर्षिय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त पाठकले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्