दमक , मंसीर २९ । झापाको दमक बजारमा आज राति ७ बजे एक युवकको हत्या भएको छ ।

दमक ६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।

हतियार प्रहारबाट घाईते भएका उनको उपचारका लागि विएण्डसी अस्पताल लगिएकोमा तत्कालै मृत्यु भएको डिएसपी कार्कीको भनाई छ । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्