झापा , पुष १ । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

जंगलमा घाँस काटन गएका एक वृद्धलाई हात्तीले आक्रमण गरी मारेको हो । कनकाई नगरपालिका २ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका स्थानीय ७८ बर्षिय कृष्ण भुजेललाई हात्तीले आक्रमण गरी मारेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए । सोमवार दिउँसो घाँस काटन जंगल गएका भुजेल रातिसम्म पनि घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । सामुदायिक वनभित्र बुधवार दिउँसो मात्रै भुजेलको शव हात्तीले आक्रमण गरी मारेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्