बिर्तामोड , पुष १ । हजारौं प्रतिस्पर्धीलाई उछिन्दै रियालिटी सो सारेगमप लिटल च्याम्पको दशौ स्थानमा पुग्न सफल बिर्तामोड –२ निवासी १४ बर्षिया कृपा पौड्याल जिताउ अभियानलाई क्षितिज नाट्य समूहले एक लाखबढी नगद सहयोग गरेको छ ।

Advertisement

कृपा पौड्याल जिताउ अभियानमा जुटेको क्षितिज नाट्य समूहले एक लाख एक हजार रुपैयाँ संकलन गरी अभियानका कोषाध्यक्ष कुमार पौड्याललाई हस्तान्तरण गरेको हो ।
प्रदेश नं.१ कै पहिलो ऐतिहासिक धरोहरको रुपमा परिचित बहुजाति बहुभाषी ,बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण अभियानमा जुटेको क्षितिज नाट्य समूहले देश विदेशमा रहेका आफ्ना कलाकार सदस्यहरुलाई सामाजिक सञ्जालमार्फत आव्हान गर्दै सबैबाट यथासक्य सहयोग संकलन गरी उक्त रकम हस्तान्तरण गरेको नाट्य समूहका केन्द्रीय अध्यक्ष तथा कृपा जिताउ अभियान मूल समारोह समितिका सचिव झापाली युवा रंगकर्मी माधब कल्पितले जानकारी दिए ।
क्षितिज नाट्य समूहअन्तर्गत क्षितिज संगीत साधना प्रतिष्ठान झापाका सदस्य समेत रहेकी बहुप्रतिभाकी धनी कृपा पौड्यालले आफ्नो मात्र नभएर क्षितिज नाट्य समूह साथै सिंगो सांगीतिक क्षेत्रमा झापाको शान र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन सफल भएको हुँदा उनको आगामी प्रतिष्पर्धालाई थप हौसला प्रदान गर्न सबैबाट सहयोग संकलन गरी भोटका लागि सहयोग पुर्याएको कल्पितले बताए । बिर्तामोड २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा बिर्तामोडभित्रका सबै राजनीतिक दल, सामाजिक संघसंगठन तथा समाजका प्रतिष्ठित ब्यक्तिहरुको ऐक्यवद्धतामा ४५ सदस्यीय कृपा जिताउ मूल समारोह समिति गठन गरी भोटको लागि प्रचारप्रसार तथा सहयोग संकलन अभियान सुरु गरिएको छ । जसमा अहिले सबै संघसंस्थाहरुबाट सक्दो सहयोग संकलन भइरहेको संयोजक संग्रौलाले जानकारी दिँदै साहित्य कला र संस्कृतिको उन्नयनमा स्थानीय प्रतिभाहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्धेश्यले गठित यो अभियानमा ऐक्यवद्धता जाहेर गर्दै आआफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याइ दिनुहुन सबैमा अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्