झापा , पुष २ । मोरङको रतुवामाई नगरपालिका–२ बाट सशस्त्र प्रहरीले प्रतिबन्धित औषधिसहित तीन जनालाई पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–६ का २१ वर्षीय अजित राई, १८ वर्षीय रोशन कार्की र १९ वर्षीया मनिषा कुमाललाई प्रतिबन्धित औषधिसहित बिहिबार साझ पक्राउ गरेको हो । एक महिलासहित तीनै जनालाई सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) डोरियाबाट खटिएको टोलीले पक्राउ गरेको पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख ए.सी.पी तीर्थ पौडेलले जानकारी दिए ।

भारतबाट प्रतिबन्धित औषधि बोकेर शंकास्पद रूपमा नेपालतर्फ आउँदै गरेका बेला पक्राउ परेकाहरुको साथबाट एक हजार पाँच सय ट्याब्लेट ट्रामाडोल बरामद भएको जानकारी एसपी पौडेलले दिए । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको उनको भनाइ छ । नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको ट्रामाडोल लगायतका औषधिलाई दुव्र्यसनीहरुले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्