बिर्तामोड , पुष २ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा झापाका विश्वप्रकाश शर्मा निर्वाचित भएकोमा बिर्तामोडका युवाहरुले खुशियाली मनाएका छन् ।

झापा क्षेत्र नम्बर १ का युवा नेता शर्मा केन्द्रीय राजनीतिमा उदाएपछि जिल्लाका नेता कार्यकर्ताले खुशी साट्दै बिर्तामोड ८ गरामनीबाट र्याली शुरु गरी बिर्तामोड नगरपालिका ,चारआली, देउनिया हुँदै गरामनीमा आएर कोणसभा गरेका छन् । नेपाली कांग्रेस बिर्तामोडको ८ नं वडा समितिको आयोजनामा सम्पन्न र्यालीमा सयौं नेता कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।कोणसभालाई सम्बोधन गर्दै वडा सभापति उत्तम कट्वालले युवा नेता शर्माको जित नै कांग्रेसका युवाको जित र पुस्तान्तरणको अभियान भएको बताए । उनले अब कांग्रेसको निर्णय केन्द्रले नभएर कार्यकर्ताले गर्ने भएकाले सबै तिक्ततालाई मेट्दै गोलबन्द हुन आग्रह गरे।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्