बिर्तामोड , पुष २ । झापाको बिर्तामोड–१० स्थित अल इन वान क्लबको अध्यक्षमा कृष्ण योञ्जन चयन भएका छन्।

क्लबको पहिलो साधारणसभाले सर्वसम्मत रुपमा योञ्जनलाई अध्यक्षमा चयन गरेको हो।
त्यसैगरी उपाध्यक्षमा दिवाकर मैनाली, सचिवमा सन्तोष राई, सहसचिवमा छविराम मुर्मू र कोषाध्यक्षमा सेलिसा उप्रेती चयन भएका छन्। त्यस्तै सदस्यमा पञ्चधन राई, पूर्णिमा लाम्गादे,अजय लिम्बू,बिमल राई,पृथ्वी बस्नेत र सुमन खतिवडा रहेका छन्।
क्लबका अध्यक्ष कृष्णबावु हेमजङ्गको अध्यक्षता तथा बिर्तामोड–१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यपालिका सदस्य गीता पोखरेल, वडा सदस्य भक्तसिंह राजवंशी, नेकपा एमाले जिल्ला सदस्य कृष्ण पोखरेल,नेकपा माओवादी वडा सभापति होमबहादुर राउत, राप्रपा वडा सभापति भवानी राउत,समाजसेवी रिमानध्वज लोक्तामलगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरुले बिर्तामोड–१० सैनिकलाई चिनाउन र विकृति विसंगतिमुक्त समाज निर्माण गर्न क्लबले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
२०७७ सालमा गठित क्लबले खेलकुदसँगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। सोही अवसरमा जग्गादाता भवानी राउतलाई सम्मान गरिएको थियो। कार्यक्रममा सचिव पृथ्वी बस्नेतले आयव्ययसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सेलिसा उप्रेतीले गरेकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्