पाँचथर, पुष ३ । पाँचथरको रानीटारमा जारी तेस्रो फिदिम नगर कपको उपाधिका लागि बिर्तामोडको रेड स्टार एफसीले आज ताप्लेजुङको कर्णसिं सोनाम मेमोरियल एफसीको सामना गर्ने भएको छ ।

हिजो भएको अन्तिम सेमिफाइनल खेलबाट बिर्तामोडको रेड स्टार एफसी फाइनलमा प्रवेश गरेको थियो ।
फिदिम ७ रानीटारस्थित बराजु खेलमैदानमा हिजो भएको अन्तिम सेमिफाइनल खेलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलअन्तरले हराउँदै रेड स्टार झापा फाइनलमा प्रवेश गरेको हो ।
तेस्रो पटक फाइनल यात्रा गरेको झापाका लागि सानुका लिम्बू र सरोज कार्कीले गोल गरेका थिए भने काठमाडौँका लागि एकमात्र सान्त्वना गोल कप्तान सोम थापाले गरेका हुन् । यसअघि दुई संस्करणको साविक विजेता रेड स्टार एफसी झापा हो । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र ट्रफी पाउनेछ । उपविजेताले ८० हजार नगद पाउने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्