भद्रपुर, पुष ३ । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाको ३६ औ अधिवेशनसहितको बार्षिक साधारणसभाले विरही अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

पुस्तकालयको सभाहलमा शनिवार सम्पन्न साधारणसभाले आगामी २ बर्षे कार्यकालका लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिप्रसाद न्यौपाने , सचिवमा हरिकिशोर आचार्य , सहसचिवमा गीता सुवेदी नेपाल , कोषाध्यक्षमा गोपाल आचार्य तथा सदस्यहरुमा गोविन्द कोईराला तथा आरती पोखरेललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक घनेन्द्र शर्माले बताए ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि लवकुमारी खनाल, समाजसेवी हिरा पोखरेल, चुडामणी रेग्मी ,राजेन्द्र चापागाईलगायतले मन्तव्य राखेका थिए ।
पुस्तकालयका अध्यक्ष नवराज घिमिरकोे अध्यक्षता तथा सहसचिव हरि न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष घिमिरेले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्