बिर्तामोड , पुष ४ । बिर्तामोड ५ जात्रुबारीस्थित कंचनजंघा परोपकार समाजको दोस्रो अधिवेशन तथा तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अधिवेशनबाट अध्यक्षमा पुनः पार्बती भट्टराई बस्नेत चयन भएकी छन् । समितिको उपाध्यक्षमा हेमकला भण्डारी योन्जन , सचिव उमा तिम्सिना मिश्र , सहसचिव ह्रदयकुमारी संग्रौला र कोषाध्यक्षमा पवित्राकुमारी सुब्बा चुनिएका छन् । त्यस्तै सदस्यहरुमा सुशिलाकुमारी कार्की , निर्मला ओडारी , रुपवती राजवंशी , इन्द्रमाया ढुंगेल , लक्ष्मी थापा र संगीता उप्रेती रहेका छन् । घनश्याम गिरीको अध्यक्षतामा गठित ५ सदस्यीय निर्वाचन मण्डलीले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

पार्बती भट्टराई बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख प्रसाई ,बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाल चेम्बर्स अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली , नेपाल अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई , उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, घनश्याम गिरीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा निर्मल भट्टराईले आफ्ना दिवंगत पिता स्व. देवी भट्टराईको स्मृतिमा ५० हजार तथा ओमकृष्ण बिमली र पार्वता खरेल बिमलीले पितृहरुको संझनामा २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा संस्थाका ५१ जना आजीवन सदस्यहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । गत वर्ष ३१ जना आजीवन सदस्यहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । समाजकी उपाध्यक्ष हेमकला भण्डारी योन्जनले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उमा तिम्सिना मिश्रले गरेकी थिइन् । टोल समाजमा मरिमराउलगायतका विपतमा सहयोग गर्ने मुख्य उद्धेश्यले स्थापित संस्थाले आजीवन सदस्य बढाउने , अक्षय कोष खडा गर्ने , सामुदायिक भवन बनाउनेजस्ता योजना रहेको अध्यक्ष बस्नेतले बताएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्