कुमरखोद, पुष ४ । झापा गाउँपालिकामा दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ ।

शरणामतीको जनता माविको खेलमैदानमा पुष ५ गतेदेखि १० गतेसम्म भलिवल प्रतियागिता हुने भएको हो । प्रदेश १ अन्तरपालिकास्तरीय प्रतियोगितामा आयोजकसहित जिल्लाका १० वटा टीम र जिल्लाबाहिरका ६ वटा टिमले भाग लिने भएका छन् । दैनिक दुई खेल हुने तालिका रहेको छ । खेल बिहानको ९ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यसैगरी सेमिफाईनलमा बाहिरिने टीमलाई समेत नगद १५ हजार पुरस्कार राखिएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले नगद ११ हजार, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाईकर , उत्कृष्ट सेटर , उत्कृष्ट डिफेन्स र उत्कृष्ट व्लकरले जनही ५ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई रु १ हजारको दरले पुरस्कृत गरिने आयोजक समितिका सचिव मोहन मिश्रले बताए ।
भलिवल प्रतियोगिताको आयोजक झापा गाउँपालिका रहेको छ भने मुख्य प्रायोजक टाईगर ब्रुअरी र सह प्रायोजकहरु एनआईसी एसिया बैंक , एनी ग्रुप , कन्काई गार्मेन्ट दुधे र शरणामती केवल नेटवर्क रहेका छन् । सोमबार समूह ‘क’ बाट दमक र मेची नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ भने त्यसैगरी समूह ‘ख’ बाट आयोजक झापा र बाह्रदशी गाउँपालिकाबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्