दमक, पुष ५ । दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ ।

बेलडाँगी २ को हट नम्बर सी २ छाप्रा नम्बर २०२ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरभित्र रहेको सबै सरसामान जलेर नष्ट भएको छ । सो घरमा भुटानी शरणार्थी रोहित महत बस्दै आएका थिए । उनी सो घरमा एक्लै बस्दै आएका थिए । सोमबार दिउँसो करिब ४ बजे घरमा कोही नभएको बेला अचानक आगो लागेको देखेपछि छिमेकीले दमकललाई खबर गरेका थिए ।
आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो। महतका २ छोरी र श्रीमती हाल अमेरिकामा रहेका छन् ।

त्यस्तै कचनकवल ५ पाठामारीका मेसर मियाँको बस्ने घर र भान्सा घर जलेर नष्ट भएको छ । आगलागीबाट काटेर राखेको २ बिगाह ५ कठ्ठाको अन्दाजी २ सय मन धान ,लत्ताकपडासहित तीन लाख पचास हजार मूल्यबराबरको क्षति भएको नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्