झापा , पुष ७ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं. १ जिल्ला कार्यसमिति झापाको समन्वयमा लागूऔषध तथा दुर्ब्यसनबिरुद्धको एकदिने सचेतना कार्यक्रम गरिएको छ ।

जनकल्याण आधारभूत विद्यालय महाभारा र बालकल्याण मा.वि. कुन्जीबारीका विद्यार्थीलाई लागूऔषध तथा दुर्ब्यसनबिरुद्धको सचेतनामुलक प्रशिक्षण दिइएको हो ।

पछिल्लो समय युवा विद्यार्थीहरु साथीभाइको संगतले लागूऔषध दुर्ब्यसनमा फसिरहेको बताउँदै लागूऔषधबाट कसरी टाढा रहने, कसरी छुट्कारा पाउने, यसको बेफाईदा के हो ? लगायतका बिभिन्न चेतनामुलक जानकारीसहितको प्रशिक्षण विद्यार्थीलाई प्रदान गरिएको श्री कृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीले जानकारी दिए ।
प्रारम्भिक समिति महाभाराको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई ईन्द्रप्रसाद ओलीले प्रशिक्षण दिएका थिए ।

महाभारा प्रारम्भिक समितिका अध्यक्ष रोहित घिमिरेको अध्यक्षता तथा सत्सङ्ग सेवा परिषद झापाका उपाध्यक्ष बिष्णु प्रसाईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रमको बिशेष अतिथिमा युवा परिषद झापाका अध्यक्ष टहलदास ओली रहेका थिए । कार्यक्रममा युवा परिषद झापाका उपाध्यक्षद्वय सुरज सापकोटा र समर्पण खतिवडा, पूर्व जिल्ला सह–सचिव सिपी भट्टराई , सेवा समिति सदस्य युवराज खतिवडा, जिल्ला सदस्य राजन दाहाल, चारपाने प्रासका अध्यक्ष बासु पाण्डे, बैगुनधुरा प्रासका अध्यक्ष मनोज पराजुली र बाइजूराज जिल्ला सह–सचिव तुलसा तिम्सिना खतिवडालगायत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महाभारा प्रासका सचिव दिपक पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्