बिर्तामोड , पुष ७ । यही पुष ९ गते हुन लागेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा जनप्रतिनिधिहरु होमिएका छन् ।

निर्वाचनमा उत्रिएको दुईवटा प्यानलमध्ये आआफ्नो प्यानल र पार्टीका उम्मेद्वारलाई जिताउन प्रदेश सांसददेखि बिर्तामोड नगरपालिकाका भएभरका जनप्रतिनिधिहरु यतिखेर लागेका हुन् । बनको निर्वाचनलाई आउन लागेको स्थानीय तहको निर्वाचनसंग उनीहरुले दाँजेका छन् ।बनको निर्वाचन जित्न सके स्थानीय तहको निर्वाचन पनि सजिलै जित्न सकिने उनीहरुको आँकलन छ ।
नेपाली कांग्रेस र माओवादीको एउटा प्यानल तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अर्को प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।

नेपाली कांग्रेस र माओवादीको तर्फबाट कृष्णप्रसाद लिम्बुले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । लिम्बू प्यानलमा उपाध्यक्ष ,सोमनाथ घिमिरे,सचिव इन्दिरा अधिकारी, सहसचिव नरनाथ अधिकारी र कोषाध्यक्षमा बठलन्ध घिमिरेले उम्मेद्वारी दिएका छन् ।त्यस्तै टोल सदस्यमा टोल नं. १ बाट दुर्गादेवी बराल,सीता चम्रकार ,टोल नं. २ बाट लिला उप्रेती ,कुमार सुनार,टोल नं. ३ बाट डिल्लीराम प्रसाई, भिमा श्रेष्ठ, टोल नं. ४ बाट विरबहादुर लिम्बु ,रेजिना लिम्बु र टोल नं. ५ बाट बुद्धराज लिम्बु ,कमलादेवी चम्लागाँईले उम्मेद्वारी दिएका छन् । त्यस्तै खुल्ला महिला सदस्यमा सुशिला बस्नेत, खुल्ला जनजाति महिला सदस्यमा अनिता कुगेनाम खुल्ला पुरुष सदस्यमा मणि कन्दङ्वा,आदिवासी सदस्यमा अकालु राजवंशी र दलित सदस्यमा साबित्रा रोक्काको उम्मेद्वारी परेको छ ।
त्यस्तै प्याकुरेल प्यानलका तर्फबाट उपाध्यक्षमा अनिल गदाइली , सचिव दिलमाया मादेन , सहसचिव जीवन कार्की र कोषाध्यक्षमा जानुका बारकोटीले उम्मेद्वारी दिएका छन् । त्यस्तै टोल सदस्यहरुमा टोल नं १ बाट हेमराज खड्का , गीता चौधरी , टोल नं २ बाट मेघराज पौडेल , विरमाया लिम्बू , टोल नं ३ बाट भिम अधिकारी , मैया संग्रौला , टोल नं ४ बाट सुशिला पकुवाल , टोल नं ५ बाट संजय लिम्बू , प्रमिला घिमिरेले उम्मेद्वारी दिएका छन् । त्यस्तै दलित खुल्ला सदस्यमा धनबहादुर रुचाल , खुल्ला जनजाति महिला सदस्यमा बन्दना लिम्बू , आदिवासी सदस्यमा टीका राजवंशी , खुल्ला महिला सदस्यमा निशा चापागाँई (गुरागाँई) र खुल्ला पुरुष सदस्यमा मनकुमार लिम्बूको उम्मेद्वारी रहेको छ ।

एमाले र राप्रपाको प्यानललाई जिताउन प्रदेश सांसद एकराज कार्की , बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई , वडाध्यक्षहरु वडा नं ७ का कार्यबाहक वडाध्यक्ष चन्द्रकला पकुवाल , ८ का अजय कार्की , ९ का पवित्रा पाठक, २ का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतका जनप्रतिनिधिहरु दिलोज्यान दिएर लागेका छन् ।

त्यस्तै अर्को प्यानलका लागि बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतका जनप्रतिनिधि लागिपरेका छन् । निर्वाचनलाई प्रभावित पार्दै मत आकर्षित गर्न नगरपालिकाको स्रोत साधन दुरुपयोग गरी सत्तासीन जनप्रतिनिधिहरुले त्यस क्षेत्रमा ग्राभेल गरेकोमा आफूहरुले विरोध जनाएपछि रोकेको बिर्तामोड ३ का वडाध्यक्ष सिटौलाले बताए । यतिखेर उपभोक्ताहरुको मत तान्न जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधिहरुले विभिन्न आश्वासनहरु देखाउने गरेको एक उपभोक्ताले बताए । सो वन समूहमा बिर्तामोड ७ का ८ सयबढी उपभोक्ता आवद्ध रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्