कुमरखोद, पुष ९ । झापा गाउँपालिकामा संचालन भईरहेको दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिताको फाईनल खेलमा शनिबार झापा र भोजपुरबीच उपाधि भिडन्त हुने भएको छ ।

भलिवल प्रतियोगिताको शुक्रबारको सेमिफाईनल खेलमा समूह ‘क’ बाट दमक नगरपालिका झापा र आमचोक गाउँपालिका भोजपुरबीच प्रतिष्पर्धा हुने भनिएकोमा दमकका खेलाडीहरुले नखेलेपछि आमचोकले सिधै वाकओभर पाएको थियो । वाकओभर पाएसँगै भोजपुरको टोलीले सिधै फाईनल खेल्न पाउने भएको हो । दमकका खेलाडी ज्योतिप्रकाश लिम्वुले पाँचथरको मिक्लाजुङबाट मंसिर २२ गते खेल खेलेको भन्दै आमचोकले प्रमाणसहित उजुरी गरेपछि आयोजकले खेल खेल्न दिन नसक्ने बताएको थियो । त्यसैगरी समूह ‘ख’ बाट बिर्तामोड नगरपालिका र झापा गाउँपालिकाबीच भएको खेलमा ३–० को फराकिलो सेटले हराउँदै झापा गाउँपालिकाको टीम फाईनल प्रवेश गर्न सफल भएको हो । झापाका खेलाडी अनिष गणेश खेलको म्यान अफ द म्याच घोषित भए ।
शरणामतीको जनता माविको खेलमैदानमा संचालन भईरहको प्रदेश नं. १ अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा आयोजकसहित जिल्लाका १० वटा टीम र जिल्ला वाहिरका ६ वटा टिमले भाग लिएका थिए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यसैगरी सेमिफाईनलबाट बाहिरिने टीमलाई समेत नगद १५ हजार पुरस्कार राखिएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले नगद ११ हजार, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाईकर , उत्कृष्ट सेटर , उत्कृष्ट डिफेन्स र उत्कृष्ट व्लकरले जनही नगद ५ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् भने म्यान अफ द म्याच हुने सबै खेलका खेलाडीलाई जनही १ हजार नगद र मेडल पाउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्