दमक , पुष १० । आठ केजी गाँजासहित एक व्यक्ति दमकबाट पक्राउ परेका छन् ।

शनिबार विहान ९.३० बजे दमक नगरपालिका वडा नं.१ बरगाछीस्थित रतुवा खोलाको बगरमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंका लागेर चेकजाँच गर्दा ईलाम माङसेवुङ गाउँपालिका वडा नं.६ वस्ने ४६ वर्षिय विरकुमार राईको साथबाट सो गाँजा बरामद गरेको थियो ।

उनले पछाडी बोकेको निलो खैरो झोलाभित्र सेतो प्लाष्टिकले बेरेको पोका खोली हेर्दा ४ के.जी.१३० ग्राम र हातमा बोकेको हरियो टाटेपाङग्रे जेब्रा झोलाभित्र ४ के.जी.३० ग्राम गाँजा गरी जम्मा ८ के.जी.१६० ग्राम गाँजा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भईरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्