झापा , पुष ११ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यू हुनेमा त्रियुगा नगरपालिका १ का २५ बर्षिय गंगाराम चौधरी रहेका छन् । बिहान ९ बजे चौदण्डीगढी–५ भित्रि सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्वरको टिपरलाई स–१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यू भएको हो । सोही मोटरसाईकल पछाडि सवार निजको श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ । उक्त टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका–८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्