बिर्तामोड , पुष १२ । झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २१ बर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आईतवार बेलुका ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्