बिर्तामोड , पुष १३ । सुनसरीको कोशी गाउँपालिका–१ बाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका–१ स्थित बि.एस. होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो । होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, ठ।टछmm को गोली ३ राउण्ड बरामद गरिएको हो । निजहरुबाट मोबाइल १ थान, द्यच्छण् प् ण्ज्ञद्धढ नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ । पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्