बिर्तामेड , पुष १३ । साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्काे वर्ष नेपालमा आयोजना हुने भएको छ ।

बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को सोमबार ढाकामा बसेको साधारण सभाले अर्को वर्ष महिला भलिबल नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । नेपाल भलिबल संघले प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको जनाएको छ । यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो । दक्षिण एसियाका राष्ट्रहरूले पालैपालो गर्ने गर्ने प्रतियोगिता सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । त्यतिबेला नेपाल फाइनलमा भारतसँग पराजित हुँदै दोस्रो भएको थियो । पुरुषतर्फको साउथ एसियन भलिबल च्याम्पियनसिप श्रीलंकामा आयोजना हुनेछ । यस्तै साउथ एसियन बिच भलिबल बंगलादेशमा हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्