कुमरखोद, पुष १३ । झापा गाउँपालिका वडा नं ३ मा मंगलबार दिउँसो ३ बजेतिर ट्याक्टर पल्टिदा चालकको घट्नास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा ४ चर्तागाछी बस्ने ढेना हेमरमका कान्छा छोरा २५ वर्षिय सुनिल हेमरम रहेका छन् । बालुवा लिन विरिङ खोला जादै गर्दा रोहीमारीको मुखिया टोलमा टर्निङमा घुमाउने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिदा चालक हेमरमको घट्नास्थलमै मृत्यु हो ।

ट्याक्टरधनी झापा गाउँपालिका वडा ४ का अब्दुल हाकिम मिया हुन् । उनी कामाटोली बजारमा हार्डवेयर पसल संचालन गर्दै आएका छन् । मृतक हेमरम अति विपन्न परिवारका हुन् । उनका श्रीमती ,एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्