झापा , पुष १३ । सिने क्षेत्रमा झापाका उदीयमान कलाकार जिमी हाङ्गले लघु चलचित्र सन्त्रास निर्माण गरेका छन् ।

कोरोनाको कथावस्तुलाई समेटेर चलचित्र निर्माण गरिएको हो ।
सानै उमेरदेखि कलाकारितामा रुची राख्ने जिमीले आफ्नो ईच्छा अनुसार सो चलचित्र निर्माण गरी सानैदेखिको ईच्छालाई पूरा गरेका छन् । उनी आफैले कथा, पटकथा, लेखन तथा निर्देशनमा चलचित्र निर्माण गर्न चाहन्थे । यही भएर उनले यो पहिलो लघु चलचित्र सन्त्रासबाट नेपाली सिने क्षेत्रमा निर्माताको रुपमा समेत नाम लेखाएका छन् । हाल कोरोनाले पारेको सामाजिक, पारिवारिक र विश्वब्यापी प्रभावको बारेमा कथा छनौट गरी सोही बिषयवस्तुलाई आधार बनाएर चलचित्रले दर्शकको मन जित्नसक्ने उनले बिश्वास गरेका छन् । आफ्नो चलचित्रले दर्शकबाट राम्रै प्रतिक्रिया पाउने उनको आशा छ ।

स्थानीय बिर्तामोड आसपासका क्षेत्रमा चलचित्रलाई छायांकन गरी कृषि थोक बजार, बुट्टाबारी, मण्डी लाईनको दृश्य समेटिएर चलचित्र निर्माण गरिएको छ । चलचित्रमा जिमी हाङ्ग, रायन याक्वा लिम्बु, सुरेश आले ‘सर्जु’, उषा लिम्बु. फूङनाम लिम्बु. टुरेन लिम्बु. ज्ञानु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । छायांकन प्रेम भण्डारीको रहेको छ । चलचित्रलाई सन्देशमूलक र कलात्मक बनाउन भरपूर प्रयास गरी स्थानीय क्षेत्रमा च्यारिटी शोमार्फत प्रदर्शन गर्ने तयारी गरिएको र फेस्टिबलमा प्रदर्शन गरिने निर्माता, निर्देशक तथा कलाकार जिमी हाङ्गले बताए ।

अनुमानित बजेट हालसम्म ७० हजार रुपैयाँ खर्च भएकोमा अझै बढ्ने देखिन्छ । चलचित्र एक घण्टासम्मको हुनेछ । स्थानीय स्रोत साधनबाट कोरोनाको बिषयबस्तुमा आधारित भएर बनेको यो पहिलो चलचित्र हो । केही समयपछि यूटयूबमार्फत घरैमा बसेर पनि हेर्न सकिनेगरी प्रचारप्रसारलाई अघि बढाईने प्रचारप्रसारको जिम्मा पाएका संचारकर्मी रत्नबहादुर बस्नेतले बताए । ‘हालको सन्दर्भमा चलचित्र सन्त्रासले राम्रो सन्देश दिनेछ ’उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्