झापा , पुष १५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार दिउँसो १ बजे दमक ९ बाट भारत विहार राज्य किशनगंज जिल्ला नबाबगंज ५ लोहारपट्टी रोड घर भई हाल दमक ४ मा डेरा गरी बस्ने ३४ वर्षिय मोहमद इस्ताकलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लगाएको निलो रंगको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउनसुगर फेला परेको थियो । ब्राउनसुगर , नगद रु २५ सय र एकथान मोवाईलसहित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्