झापा , पुष १८ । ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

४४ ग्राम ब्राउनसुगरसहित मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने २६ वर्षिय लावन हाङ राई पक्राउ परेका हुन् ।

आइतबार साँझ ४ बजे मेचीनगर ६ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्