बिर्तामोड , पुष १९ । मोरङको उर्लावारी नगरपालिका–४ पुर्व पश्चिम लोकमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

हिजो बिहान सवा १० बजे मोरङ उर्लावारी नगरपालिका–१ का २८ बर्षीय बिजय शर्माले चलाएको प्रदेश १–०२–०४७ प १८१४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते शर्माको उर्लावारी स्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।