बिर्तामोड , पुष १९ । झापाको शिवसताक्षी नगरपालिका ११ स्थित दुधेबाट लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय ज्याकप लिम्बु रहेका छन् । हिजो बेलुका साढे ७ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनको घरबाट ब्राउनसुगर १ ग्राम र नगद रु. १० हजार बरामद गरेपश्चात उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।