बिर्तामोड , पुष २१ । झापाको कचनकवल गाउँपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् ।

उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका–७ का २४ बर्षीय बिनोद बस्नेत र १८ बर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित मंगलवार बेलुका ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्