बिर्तामोड , पुष २१ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मंगलवार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।

भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सहचालक हतुवागढी गाउँपालिका–१ का रंजित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।