दमक, पुष २१ । दमकमा आउँदो शनिबार जिल्लास्तरीय जुनियर तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।

Advertisement

दमक नगर तेक्वान्दो ( आइटिएफ) उपसमितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताका बारेमा बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगितामा २० देखि ७५ बर्षमाथिको तौल समूहका करिब २ सय खेलाडीहरु सहभागी हुनेछन् ।

जिल्लाका विभिन्न ठाउँमा सञ्चालित ६ वटा डोजाङमा आबद्ध जुनियर प्रशिक्षार्थी खेलाडीहरुले सो प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा महिला÷ पुरुष समूहबाट अलगअलग सहभागिता गराइनेछ । आयोजक समितिका अध्यक्ष नविन तामाङले प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई ट्रफी र मेडलबाट सम्मान गरिने जानकारी दिए ।

आयोजक समिति उपाध्यक्ष मुबि राईले प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरुको व्यवस्थापनका लागि पूर्व तयारी पूरा भएको जानकारी दिइन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई देश विदेशमा हुने अन्य प्रतियोगितामा सहभागिताको अवसर प्रदान गरिने अध्यक्ष तामाङले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ । दमक नगरपालिकाको खेलकुद विकास समितिबाट नगद १ लाख रुपैयाँ र अन्य खेलप्रेमी सहयोगी दाताहरुको सहयोगमा सो प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्