झापा , पुष २२ । गएराति मेचीनगरमा भएको आगलागीबाट एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर ८ बस्ने ४५ वर्षिय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागि एन्जल मेडिकल धुलाबारी लगिएकोमा मेडिकलमा पुर्याउनासाथ मृत्यु भएको थियो । त्यस्तै आगो निभाउने क्रममा १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मेचीनगर ८ बस्ने ४० वर्षिय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ बस्ने २९ वर्षिय गोविन्दप्रसाद राजवंशी, मेचीनगर ७ बस्ने ३२ वर्षिय दिपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षिय चन्दन गौतम, ४० वर्षिय सुबलाल राजवंशी , ३५ वर्षिय विनोद गिरी , ३५ वर्षिय नवराज श्रेष्ठ, २३ वर्षिय सन्देश बोहोरा , वडा नं ८ बस्ने ३४वर्षिय हरि वि.क., वडा नं ७ बस्ने ३६ वर्षिय निर्मल शर्माको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
त्यस्तै ४० वर्षिय भवानीशंकर न्यौपानेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ भने वडा नं ८ बस्ने अर्जुन अधिकारीकी ८ वर्षिया छोरी सुशिला अधिकारीलाई स्थानीय शाही सुमिरन मेडिकल ईटाभट्टामा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

राति ९.२० बजेको समयमा मेचीनगर ७ पिपल चोक बस्ने केशब पाठकको टिनको छानो, चित्राको बेरा भएको एकतले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएकोमा घरमा कोही नभएको अवस्थामा आगलागी भएको थियो । घरमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कन उनीहरु घाइते भएका थिए । आगलागी मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति १०.२२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको डिएसपी पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्