दमक , पुष २२ । दमकमा रहेको असहाय मानव सेवा समाज नामक संस्थाले सामाजिक काम गर्ने कमल गाउँपालिका ६ निवासी अरुण भण्डारीसहित ५ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

संस्थालाई सहयोग पुर्याउने तथा संस्थामार्फत सामाजिक क्षेत्रमा काम गर्न उत्प्रेरणा दिएको भन्दै पाँच जनालाई संस्थाले सम्मान गरेको हो । संस्था स्थापना भएको दुई वर्ष पुरा भएको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

संस्थाले कोरोना महामारीका समयमा सञ्चालन गरेको भोकालाई भोजन अभियानमा सहयोग पुरयाउने दमक घर भई हाल अमेरिका बस्दै आएका सुदिपराज पन्त, कमल गाउँपालिका ६ निवासी अरुण भण्डारी, हेमा फाउण्डेशनका अध्यक्ष हेम थापा, अमेरिकामा रहेका घनेन्द्र मावो, शारदा उदास श्रेष्ठ र हाल सिंगापुरमा बस्दै आएका भुपेन्द्र तुम्बापोलाई सम्मान गरेको हो । उनीहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको संस्थाकी उपाध्यक्ष सजु बुढाथोकीले जानकारी दिइन् ।महामारीका साथै अन्य असहज परिस्थितिमा समाजमा अग्रसर भएर काम गरेको भन्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संस्थाको प्रशसा गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ओलीले यस्ता सामाजिक काम गर्ने संस्थाले सामाजिक चेतना फैलाउन मद्धत गरेको उल्लेख गरे ।

संस्थाकी अध्यक्ष चेतना निरौलाको अध्यक्षता र दमक नगरपालिका प्रमुख ओलीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाकी अध्यक्ष निरौलाले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सीता उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सचिव पुनम रिजालले जानकारी दिइन् । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडा, लायन लिडर अजय अग्रवाल, सहयोगी दाता संस्था हेमा फाउण्डेशनका अध्यक्ष हेम थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्