बिर्तामोड , पुष २२ । बिर्तामोड नगरपालिकाको राजश्व शाखाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

पुष ९ बाट शुरु गरिएको अनुगमनमा नयाँ दर्ता नवीकरण तथा दर्ता खारेजीलगायतका कार्यक्रम संचालन गरिएको शाखा प्रमुख पदमराज घिमिरेले बताए ।
बिर्तामोडका वडा नम्बर १,२,र ३ मा घुम्ती टोलीले ६ सय ६६ वटा ब्यवसाय अनुगमन गरेको छ । जसमध्ये २ सय २० वटा ब्यवसाय बिनादर्ता संचालन भएको पाइएको छ भने २३ वटा ब्यवसाय अनुगमनकै क्रममा दर्ता गरिएको प्रमुख घिमिरेले जानकारी दिए।
नगर प्रहरी शाखाका कर्मचारीको टोलीले ३ लाख रुपैयाँ राजश्व संकलन समेत गरेको बताइएको छ ।