बिर्तामोड , पुष २२ । बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयले कार्यालय सहयोगी पदमबहादुर बिष्टलाई बिदाई गरेको छ ।

४५ बर्ष लामो समय बिद्यालयको कर्मचारीको रुपमा कार्यरत रहेका बिष्टलाई नगद ५ लाख ५० हजार रुपैयाँसहित बिदाई गरिएको ब्यबस्थापन समिति अध्यक्ष किशोर पौडेलले बताए ।निजी स्रोतबाट कार्यरत बिष्टलाई विद्यालयको स्रोतबाट आर्थिक ब्यबस्थापन गरिएको प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।

अध्यक्ष पौडेल ,प्रधानाध्यापक अधिकारी ,ब्यबस्थापन समिति सदस्य धर्म लक्सम्ंबा सल्लाहकार संयोजक प्रेमप्रकाश ओलीले बिष्टको योगदानको चर्चा गर्दै बाँकी जीवनको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्