बिर्तामोड , पुष २३ । संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ ।

पौष २१ गते बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी (PBOG ४ कार्टुन ९११६ प्याकेट), KH2PO १५ प्याकेट, SILILONG २० बोतल र WATERPUMP लेखिएको मेसिन १ थान सहित फेला परेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप अन्दाजी मुल्य ३ लाख ६३ हजार २ सय ५० रुपैंया बरावरको बरामद गरेको हो । बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्