भद्रपुर, पुष २४ । दक्षिणी झापाको कचनकवल ३ स्थित पथरिया बगान बजारमा आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रगत दान गरेका छन् ।

बगान युथ क्लब कचनकवलको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २ महिलासहित ४२ जनाले रगत दान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा गरिएको कार्यक्रममा जाडो मौसमका कारण रगत अभाव नहोस् भनेर रक्तदान गरिएको बगान युथ क्लबका अध्यक्ष पिताम्वर लिम्बुले जानकारी दिए ।
क्लबका सचिव विश्वास अधिकारीका अनुसार दक्षिणी झापाका हरेक सामाजिक कार्यमा नेतृत्व गरिरहेको क्लब समाज सुधार र जनचेतनाका लागि क्रियाशील रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्