झापा , पुष २४ । ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापामा एकजना पक्राउ परेका छन् ।

शनिबार दिउँसो २.४५ बजे मेचीनगर ६ मा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा पाँचथर फाल्गुनन्द ३ बस्ने २६ वर्षिय राकेश तामाङलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्