बिर्तामोड , पुष २४ । बिर्तामोड ३ स्थित एमकेके ग्रुपको अध्यक्षमा पुनः आकाश उप्रेती चयन भएका छन् ।

आज सम्पन्न पाँचौ साधारण सभाले उप्रेतीलाई पुनः अध्यक्षमा चयन गरेको हो । ३१ सदस्यीय समितिको उपाध्यक्षमा प्रकाश उप्रेती , ज्ञानु खरेल , सचिव विज्ञान पौडेल , सहसचिव अनुप प्रसाई , कोषाध्यक्ष सुदीप भट्टराई र सहकोषाध्यक्षमा सुनिता काफ्ले रहेका छन् । अन्य सदस्य छन् । साधारण सभाले साहित्य तथा संगीत , प्राविधिक , खेलकुद , सल्लाहकार र संचार उपसमिति निर्माण गरेको छ । त्यसैगरी कैलाश प्रसाईलाई संरक्षकमा मनोनयन गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्