बिर्तामोड , पुष २५ । बिर्तामोड ४ स्थित आगमन सद्भाव टोल विकास संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले युवराज आचार्यलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

सर्वसम्मत निर्वाचित टोल विकास संस्थाको उपाध्यक्षमा विष्णुकुमारी चौधरी , सचिब प्रेमराज घिसिङ , सहसचिब चन्द्रशेखर मैनाली र कोषाध्यक्षमा गोमा अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमला कार्की , मोहन थापा , सुनिल दुलाल , निर्मला नेपाल , जुही विश्वकर्मा , किरण मैनाली , पानीलाल राजवंशी , राजेशकुमार कर्ण , हेक्की श्रेष्ठ र गणेश मादेन रहेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य एवम् युवराज आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहसचिब चन्द्रशेखर मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष संग्रौला, पौरखी टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी खरेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उपाध्यक्ष रेणुका खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन गणेश मादेनले गरेका थिए । दुई वर्षअघि गठन भएको आगमन सद्भाव टोल विकास संस्थाले विभिन्न सामाजिक तथा विकास निर्माणका कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्