बिर्तामोड , पुष २५ । चिसो मौसम बढेसंगै बृद्धि भएको सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोर्ड राख्न थालिएको छ ।

राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति झापा र पूर्वेली यातायात मजदुर प्रालिको सक्रियता तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना हुने स्थानमा होडिङ बोर्ड राखिएको समितिका अध्यक्ष मदन बुढाथोकीले बताए ।

आइतबार बिर्तामोड ३ स्थित बिर्ताबजार प्रहरी चौकी परिसरमा आयोजित एक कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप–प्रमुख पबित्रा महतारा प्रसाईं, एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराई , पूर्वेली यातायात मजदुर प्रालिका अध्यक्ष हरि बाँस्कोटा, सचिव गणेश कोईराला र युवा व्यक्तित्व कैलाश प्रसाईको उपस्थितिमा तीे सामग्री हस्तान्तरण गरिएको हो ।
सवारीको चाप र बाक्लो हुस्सुले दुर्घटनाको जोखिम बढ्न थालेको छ । यसलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्न अटोचालकलाई तालिम दिइएको र विभिन्न सरोकारवाला स्थानीय संघसंस्थासंग समन्वय गरी कार्यक्रम गरिएको पूर्वेलीका सचिव कोइरालाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्