झापा , पुष २६ । नेपालमा हालसम्म २७ जनामा कोरोनाभाइरसको आमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुँन् । उनले ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिन् । उनले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि प्रदेशहरुमा जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताइन् । उनले ओमिक्रोनबाट बच्न खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने नै रहेको बताइन् । मन्त्रालयले सही रुपमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, भीडभाडमा नजान, नगर्न पनि अनुरोध गरेको छ । कसैलाई संक्रमण भएमा तुरुन्त आइसोलेशनमा बस्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्