झापा, पुष २७ । झापाको कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

ती गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन सूचना निकालेर आह्वान गरेका छन्। कचनकवलका अध्यक्ष अन्जार आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिकामातहत सञ्चालित सबै निकाय, विद्यालय बन्द रहने जनाइएको छ ।पृथ्वी जयन्तीको अवसर पारेर आज कचनकवलमा पृथ्वी नारायणको शालिक अनावरण गरिने भएको छ । हल्दिबारीमा कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्थामा बिदा गरिएको अध्यक्ष रविन्द्र लिङ्देनले बताए। यी दुवै गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्