मेचीनगर , पुष २७ । काँकरभिट्टा माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको एकाइ गठन भएको छ ।

नेविसंघ काँकरभिट्टाले ९१ सदस्यीय समिति निर्माण गरेको हो । नवगठित समितिको सभापतिमा आयुषा मानन्धर, उपसभापति योगेश अधिकारी, आदेश गिरी, इशा तामाङ,सचिवमा मनिता पौडेल, दिपक ओली, कबिता कार्की, कोषाध्यक्षमा प्रिया गिरी, सहसचिवमा सुन्दर मगर, बिनिता लिम्बू, आशिका थापा मगरसहित ९१ सदस्यीय समिति बनेको छ ।

नेविसंघ काँकरभिट्टा माविकी पूर्व सभापति आयुषा मानन्धरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्य काँकरभिट्टा क्याम्पस पूर्व स्ववियु सभापति तथा नेविसंघ झापा जिल्ला सहसचिव सुरज सुवेदीले गरेका थिए । नेविसंघ त्रिदेव बहुमुखी क्याम्पसका एकाइ सचिव सौरभ बस्नेतले विद्यार्थीहरुलाई नेविसंघको बारेमा सहजीकरण गरेको कार्यक्रमको सञ्चालन बरदान खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्