बिर्तामोड, पुष २९ । बिर्तामोड नगरपालिका–१० स्थित सैनिकबजारमा सरसफाइ गरिएको छ ।

वातावरण संरक्षण मञ्च नेपाल(ईसीएफ)द्वारा आयोजित सरसफाइ कार्यक्रममा भूपू सैनिक टोल विकास संस्था, नेपाल बहुउद्देश्यीय सहकारी संस्था, सैनिक खेलकुद समितिको सहभागिता रहेको थियो। बजारक्षेत्रदेखि महेन्द्रज्योति माविको खेल मैदानसम्म गरिएको सरसफाइ कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले मास्क,पञ्जालगायत स्वास्थ्य सुरक्षाका सामग्री सौजन्य गरेको सहकारीका बजार प्रतिनिधि निशा लिम्बूले जानकारी दिइन्।

यसअघि एक कार्यक्रमका बीच फोहोर व्यवस्थापन गर्न मद्धत पुर्याउने उद्देश्यले वातावरण संरक्षण मञ्च नेपालद्वारा भूतपूर्व सैनिकबजार टोल विकास संस्थालाई दुइवटा डस्विन वितरण गरिएको थियो। सैनिक सेवा समाजकी अध्यक्ष मनु मुखियाले सहजीकरण गरेको कार्यक्रममा वातावरण संरक्षण मञ्चकी कोषाध्यक्ष पूजा थापा र सदस्य चन्द्रबहादुर राईले भूतपूर्व सैनिक टोल विकास संस्थाका अध्यक्ष अनुत सुब्बा र सदस्य निकेश गुरुङलाई एक–एक वटा डस्विन हस्तान्तरण गरेका थिए। सो अवसरमा सैनिकबजार खेलकुद विकास समितिका अध्यक्ष अमृत श्रेष्ठ,नेपाल बहुउद्देश्यीय सहकारी संस्था सैनिकबजार शाखा प्रमुख सन्तोष ढुंगाना, सञ्चारकर्मी रत्नबहादुर बस्नेत, समाजसेवी ओमबहादुर गुरुङ, सीता राईलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्