झापा , पुष ३० । धनकुटाको नागढुंगा सडकबाट ट्रिपर खस्दा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब पौने ५ बजे कोशी लोकमार्ग अन्तर्गत धनकुटाको नागढुंगा २ मा बालुवा बोकेको टिपर सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो । धनकुटाबाट बसन्तपुर तर्फ वालुवा लिएर जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नम्बरको हाइवा टिफर सडकबाट २५ मिटर तल झरेर दुर्घटना हुँदा चालक र सहचालक दुवै जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुको तत्काल सनाखत हुन सकेको छैन । गाडी मुनी किचरहेको अवस्थामा उनीहरु फेला परेका जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्