बिर्तामोड, माघ २ । नेकपा एमाले झापाको मतपरिणाम सार्वजनिक भएको छ ।

शुक्रबार साँझ ५ः३० बजेदेखि शुरु भएको मतगणना गएराति सम्पन्न भएको हो । बाँकी ३० पदका लागि भएको मतदानको मतपरिणाम सार्वजनिक गरिएको होे ।

१९ जना खुल्ला सदस्यमा देवेन्द्रप्रसाद चौलागाई ३४५ , रिङ्गकुमार आचार्य ३२२ , डम्बरबहादुर गिरी ३१८ , प्रविण पोखरेल ३१५ , गणेशबहादुर बस्नेत ३११ , ध्रुवकुमार शिवाकोटी ३०७ , केशव खड्का ३०५ , धनबहादुर थेबे ३०१ , दिपेन्द्र लम्साल २९३ , नारायणप्रसाद गौतम २८८ , नेत्र दाहाल २७९ , छविलाल चुडाल २७४ , कृष्णप्रसाद बिमली २६७ , नगेन्द्रप्रसाद संग्रौला २६५ , लाकनाथ गौतम २४७ , गोपाल काफ्ले २३७ , बलराम खरेल २३१ ,कृष्ण कनाल २३० र डम्बरबहादुर बस्नेत २२१ मत ल्याई विजयी भएका छन् । १९ जनाका लागि ५३ जनाको उम्मेद्वारी परेको थियो ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ (क) को खुल्ला सदस्य पदमा भुपाल शिवाकोटी ३४४ मत ल्याई विजयी भएका छन् । एक जनाको लागि ३ जना उम्मेद्वार बनेका थिए । त्यस्तै मेचीनगरको खुल्ला सदस्य पदमा चन्द्रप्रसाद प्रसाई ३१२ र देवकुमार राई ३०३ मत ल्याई निर्वाचित भएका छन् । २ पदका लागि ८ जनाले उम्मेद्वारी दिएका थिए ।

त्यस्तै आदिवासी जनजाति खुल्ला सदस्यमा सुरेन राजवंशी २४८ , सत्यनारायण राजवंशी २३३ , दयालाल राजवंशी २१६ , चन्द्र सुब्बा २०१ , शेरबहादुर तामाङ १९५ र छत्रबाहदुर श्रेष्ठ गौरादह १९४ मत ल्याई निर्वाचित भएका छन् । ६ जनाको आदिवासी जनजाति खुल्ला सदस्यमा २६ जनाको उम्मेद्वारी परेको थियो । यस्तै, युवा, विधार्थी र खेलकुदमा समर्पण खतिवडा ३२२ र उमानाथ खतिवडा २८६ मत ल्याई विजयी भएका छन् । २ जनाका लागि ६ जनाले उम्मेद्वारी दिएका थिए । एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटीमा यसअघि नै १२० जना सर्वसम्मत भैसकेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्