झापा , माघ २ । पाँचथरको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ बर्षीय इन्द्र बहादुर बुढाथोकीको खोलाले बगएर मृत्यु भएको छ ।

शनिवार बिहान तमोर खोलामा नुहाउन गएका बुढाथोकीलाई अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगत्तै खोजतलासकोलागी अस्थाई प्रहरी चौकी नयाँखोलाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा ४ किलोमिटर तल बुढाथोकीको शव फेला परेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्