झापा , माघ २ । हिजो साँझ बाह्रदशी गाउँपालिका ६ साधुकुटीस्थित चारपाने–राजगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

साँझ ५.३० बजे चारपाने राजगढ सडकखण्डमा राजगढबाट चारपानेतर्फ आउदै गरेको प्र १–०१–०१४ प ९५३९ न. को मोटरसाइकल आफै अनियन्त्रित भई बाटो पश्चिम साइडमा रहेको धर्मप्रसाद चापागाईको पक्की घरमा ठोकिन गई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ६ बस्ने बर्ष २० वर्षिय अभिसेक सुन्दासको टाउकोमा चोट लागेर बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोहि मोटरसाइकलको पछाडि सवार १८ वर्षिय धनुराज राजवंशी दुबै खुट्टामा चोट लागेर घाइते भएका छन् उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्