बिर्तामोड, माघ २ । नेकपा एमाले झापाको जिल्ला सदस्यमा दुईजना पत्रकार विजयी हुँदा तीनजना पराजित भएका छन् ।

काफ्ले र न्यौपाने

लोकतन्त्र पोष्टका सम्पादक मोहनकाजी न्यौपाने र साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले एमालेको जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । न्यौपाने सर्वसम्मत निर्वाचित भएका थिए भने काफ्ले हल खुल्ला सदस्यको १९ जनाको कोटामा २३७ मत ल्याई निर्वाचित भएका हुन् । सोही निर्वाचनमा उम्मेद्वारी दिएका झापाका पत्रकारहरु कृष्णप्रसाद मिश्र , सन्तोष आचार्य र टीकाराम उप्रेती पराजित भएका छन् । हल खुल्ला सदस्यमा पराजित बनेका मिश्रले १९४ र उप्रेतीले १४९ मत पाएका छन् । त्यस्तै मेचीनगरको खुल्ला सदस्य पदमा पराजित बनेका आचार्यले १४८ मत ल्याएका छन् । झापाका अधिकांश पत्रकार कुनै न कुनै राजनीतिक दलमा आवद्ध भएका छन् ।

मिश्र , आचार्य र उप्रेती

पछिल्लो समय उनीहरुले खुलेरै राजनीति गर्न थालेका छन् । यसअघि नेपाली कांग्रेस झापाको जिल्ला सचिवमा कृष्ण हुमागाई निर्वाचित भएका थिए । पार्टीको जिम्मेबार ओहोदामा पुगेपछि उनले अबदेखि सक्रिय पत्रकारिता नगर्ने घोषणा गरिसकेका छन् । एमालेमा निर्वाचित र निर्वाचनमा उठेका पत्रकारहरुले भने अझै पत्रकारिता गरिरहेका छन् ।

१ प्रतिक्रिया

  1. एमालेमा आस्था राख्ने पत्रकारहरु ७ जनाले उम्मेदवारी दिएकोमा २ जना सर्वसम्मत चुनिएका हुन् भने हलबाट खुल्ला प्रतिष्पर्धा गरेका साझामञ्च डटकमका सम्पादक काफ्लेले २५२ मत प्राप्त गरी विजयी भएका हुन् ।

    पत्रकारको कोटाबाट मोहनकाजी न्यौपाने र दमकको दलित महिला कोटाबाट मिना विश्वकर्मा सर्वसम्मत चयन भएका हुन् ।

    चारजना पत्रकार निर्वाचनको संग्रामी मैदानमा आफूलाई उभ्याएकोमा केही कम मत प्राप्त गरेकाले उपविजयी बन्नु भएको हो । तीनजना नेताहरु प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु हुनुहुन्छ । मुक्ति पौडेल, सन्तोष आचार्य र टिकाराम उप्रेती । एकजना पूर्वपत्रकार कृष्णप्रसाद मिश्र पनि पराजित हुनुभयो ।

    समाचारमा लेखिएका केही भ्रमपूर्ण सन्देशहरु सच्याउन सहयोग पुगोस् भनेर यहाँ यथार्थ उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्