बुधबारे , माघ २ । बुद्धशान्ति गाउँपालिकालाई बालमैत्री पालिका निर्माण गर्ने अभियानअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयका फोकल पर्सनलाई एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।

समय संजाल मिडियाको आयोजना, बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको समन्वय र गाउँपालिकाको सहयोगमा सम्पन्न प्रशिक्षणमा सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षक प्रतिनिधि, फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा प्रशिक्षार्थीहरुले विद्यालयमा बालक्लब गठन गरिएता पनि प्रकृयाको बिषयमा अन्योल रहेको बताएका थिए । सोही क्रममा प्रशिक्षण दिँदै प्रशिक्षक पौडेलले बालमैत्री विद्यालय हुनलाई चाहिने सुचकहरु र आवश्यक बिषयमा प्रष्ट पारेका थिए । प्रशिक्षण कार्यक्रमले बालक्लब गठन र यसका कार्यबिधिको बिषयमा प्रष्ट भएको बताउँदै फोकल पर्सनहरुले पालिकाको बिधान अनुसार अघि बढ्न प्रेरित भएको जनाएका छन् । बालबालिका तथा शिक्षा संचार मञ्चसंग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्ध भएर काम गर्ने उद्घोष गरेका छन ।कार्यक्रममा बोल्दै महिला तथा बालबालिका शाखा प्रमुख मिना बिष्टले शाखाको तर्फबाट सबै सहयोग गर्ने र आगामी दिनमा फोकल पर्सनसंग समन्वय गरेर रणनीतिक योजना निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

सहभागीलाई सपथ ग्रहण गराउँदै प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले आगामी नेतृत्व निर्माण गर्ने बालक्लब भएकाले स्थानीय पालिकाले सकेको सहयोग गर्ने बताए । कार्यक्रममा गाउँपालिका सूचना अधिकारी मदन कँडेल, आयुर्वेद शाखा प्रमुख पुरण लहरीलगायतको उपस्थिति रहेको थियो । मञ्चका बुद्धशान्ति संयोजक आयुस निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन उमानाथ भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्